
जी–७ समूहको सम्मेलन : युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता

जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका सात धनी राष्ट्रका नेताहरूले युक्रेनलाई सहयोग गर्ने वाचा गरेका छन् । एउटा विज्ञप्तिमा रुसले युक्रेनको बन्दरगाहबाट खाद्यान्न रोक्न बन्द गर्न पनि जी– ७ समूहले माग गरेको छ ।
भिडियोमार्फत शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपतिले पश्चिमा देशहरूबाट थप भारी हतियारको लागि अपिल गरे ।
जी–७ नेताहरू बढ्दो रूसी आक्रमणविरुद्धको आफ्नो दृष्टिकोणमा एकजुट हुन दबाबमा छन् । ‘हामी आर्थिक, मानवीय, सैन्य र कूटनीतिक सहयोग जारी राख्नेछौं र युक्रेनलाई जति समय लाग्छ त्यसको साथमा उभिनेछौं’, उनीहरूले विज्ञप्तिमा भनेका छन् ।
‘हामी बेलारुसको सहयोगमा रुसद्वारा युक्रेन विरुद्धको क्रुर, अव्यावहारिक, अनुचित र गैरकानूनी आक्रामक युद्धको निन्दा गर्छौं’, विज्ञप्तिमा भनिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ