बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

खुल्यो डुम्रे–बेँसीशहर सडक

मङ्गलबार, १४ असार २०७९, ११ : २६
मङ्गलबार, १४ असार २०७९

बाढीपहिरोले गए रातिदेखि अवरुद्ध भएको डुम्रे–बेँसीशहर सडक पुनः सञ्चालनमा आएको छ ।  

आज बिहानदेखि डुम्रे–बेँसीशहर सडकखण्ड अन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुर नजिकै सडक अवरुद्ध भएपछि एक्साभेटरले ढुङ्गा माटोसहितको पहिरो हटाएपछि आज १०:३० बजेदेखि पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । 

वैकल्पिक रुपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले अवरुद्ध बनाएपछि हाल सञ्चालनमा आए पनि फेरि वर्षा भएमा पहिराको जोखिम भने कायम रहेको उनको भनाइ छ । सो अवरुद्ध भागमा सडक एकतर्फ सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप