शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अष्ट्रेलियामा पछिल्लो पाँच वर्षमा नेपालीको संख्या करिब १२४ प्रतिशतले वृद्धि

मङ्गलबार, १४ असार २०७९, १० : ५९
मङ्गलबार, १४ असार २०७९

अष्ट्रेलियामा पछिल्लो पाँच वर्षमा नेपालीको संख्या दोब्बरभन्दा बढीको वृद्धि भएको छ । सन् २०१६ देखि २०२१ सम्म अष्ट्रेलियामा नेपालीको संख्या १२३.७ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियामा सन् २०२१ मा सम्पन्न राष्ट्रिय जनगणनाको आंशिक तथ्याङ्क अनुसार अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या करिब ७० हजार पुगेको छ ।

यस्तै, पछिल्लो जनगणना अनुसार अष्ट्रेलियामा बसोबास गर्ने आप्रवासीमध्ये सबैभन्दा बढी भारतीयहरु छन् । चीन र न्युजिल्याण्डलाई पछि पार्दै भारतले आफ्नो संख्या बढाएको हो । जनगणनाको बीचमा भारतमा जन्मेका करिब २ लाख २० हजार अष्ट्रेलियाबासी भएका छन् ।

अष्ट्रेलियामा पहिलो पटक ५० प्रतिशतभन्दा बढी बासिन्दा विदेशमा जन्मेका वा आप्रवासी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । यसका साथै अष्ट्रेलियाले सन् २०१९ देखि १० लाख २० हजार ७ जनालाई आफ्नो देशमा स्वागत गरेको उक्त तथ्याङ्कमा जानकारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप