सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता
सगरमाथा आधार शिविर हिँडेका भारतिय चिकित्सक बेपत्ता भएका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित तेङबोचेको फुंगाथाङ्बाट डा. चन्द्रमोहन शिवनाथ हराएका हुन् ।
जेठ ५ बाट ३१ वर्षीय चन्द्रमोहन बेपत्ता भएको सोलुखुम्बुका डिएसपी सुनिलजङ्ग शाहले रातोपाटीलाई बताए । जेठ ५ मा नाम्चे बजारको चेक प्वाइन्टमा प्रहरीले डा. चन्द्रमोहन आधार शिविर तर्फ लागेको रेकर्ड राखेको छ । नाम्चेको चेक प्वाइन्टबाट उनी मध्यान्ह १ बजे बेसक्याम्प तर्फ लागेका हुन् ।
प्रहरीको अनुसन्धानबाट उनि तेङबोचेसम्म पुगेको थाहा भएको छ । चिकित्सकको खोजीमा प्रहरी निरीक्षकको कमाण्डमा ३ टोली परिचालन गरिएको डिएसपी शाहले जानकारी दिए । उनले भने–‘गोक्यो, थामबोचे र सगरमाथा अधार शिविरमा खोजी भइरहेको छ ।’
चिकित्सक हराएको ठाउँबाट सगरमाथा आधार शिविर पुग्न ३ दिन पैदल हिँड्नुपर्छ ।
सगरमाथा आधार शिविर हिँडेकी कोरियन महिला पनि चैत ६ बाट बेपत्ता छिन् । नाम्चे बजार बाट चैत ६ मा आधार शिविर तर्फ लागेकी कोरियन नागरिक यियाेन हि ली अझै फेला परेकी छैनन् । कोरियन महिलाको खोजी भइरहेको डिएसपी शाहले रातोपाटीलाई बताए । उनको खोजीमा आएको दक्षिण कोरियाको एउटा टिम फर्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी