शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मङ्गलबार, १४ असार २०७९, १० : ३७
मङ्गलबार, १४ असार २०७९

धनुषाको मिथिला नगरपालिका–२ नाक्टाझिझमा हिजो साँझ मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक धनौजी गाउँपालिका–३ का ३५ वर्षीय संजिव पासवान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । 

ढल्केबरबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ज ११ प २०८५ नम्बरको मोटरसाइकल हिजो साँझ साढे ५ बजे अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप