वामदेवले नयाँ पार्टी घोषणा गर्दै, केन्द्रीय कमिटीमा ७० जना रहने फाइनल
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनले मंगलबार हाल सञ्चालन गर्दै आएको अभियानलाई नै नयाँ पार्टीको रुपमा घोषणा गर्न लागेका हुन् । नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने हालसम्म फाइनल भएको प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले रातोपाटीलाई जानकारी दिए ।
केन्द्रीय कमिटीमा ७० जना रहने फाइनल भएको छ’, उनले भने, ‘यसको तयारीका लागि आन्तरिकरुपमा असार ११ गते ललितपुरको सिद्धार्थ कटेजमा राष्ट्रिय भेला आयोजना गरिएको थियो । असार १२ मा चन्द्रागिरिमा सेन्ट्रल कमिटीको मिटिङ पनि बस्यो ।’
आफूहरुको पार्टी सबै कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने अभियान भएको उनको भनाइ छ । पार्टीको संयोजक गौतम नै रहनेछन् भने सचिवमा डिबी कार्की रहेका छन् । यस्तै प्रचार विभागमा नीमकान्त पाण्डे रहेका छन् ।
उनले पार्टी दर्ताको प्रक्रियामा रहेको भन्दै त्यसका लागि डकुमेन्ट जुटाउने काम भइरहेको बताए । सो पार्टीलाई साना ४ कम्युनिस्ट पार्टीको समर्थन रहेको छ भने अर्को एक राजनीतिक अभियानको पनि समर्थन रहेको छ ।
पाण्डेका अनुसार दर्ता भएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी पार्टीले वामदेवको नयाँ पार्टीलाई सघाएका छन् भने दर्ता प्रक्रिया आम नेपाली पार्टी रहेको छ। यस्तै स्वतन्त्र वामपन्थी समूहले पनि नयाँ पार्टीलाई समर्थन गर्ने सहमति बनेको पाण्डेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण