वैज्ञानिक भन्छन्–भाइरसहरू प्लास्टिकमा टाँसिएर तीन दिनसम्म पानीभित्र जीवितै रहन्छन्
भाइरसहरू प्लास्टिकमा टाँसिएर स्वच्छ पानीमा करिब तीन दिनसम्म जीवित रहन सक्ने अनुसन्धानकर्ताहरूले जनाएका छन् । पखाला वा पेट खराब गराउने भाइरस माइक्रोप्लास्टिकसँग टाँसिएर पानीमा बाँच्न सक्षम भएको विज्ञहरूले बताएका छन् ।
रोटाभाइरस जस्ता भाइरसहरू संक्रामक हुने र स्वास्थ्यमा जोखिम पु¥याउछन् । युनिभर्सिटी अफ स्टर्लिङका अनुसन्धानकर्ताहरूले यस्तो अवलोकन गरेका हुन् । ‘हामीले पत्ता लगायौं कि भाइरसहरू माइक्रोप्लास्टिकम टाँसिन सक्छन् र यसले तिनीहरूलाई तीन दिन र सम्भवतः लामो समयसम्म बाँच्न अनुमति दिन्छ’, स्टर्लिङ विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता प्रोफेसर रिचर्ड क्विलियमले भने ।
पानीमा माइक्रोप्लास्टिक्समा पाइने भाइरस संक्रामक छ कि छैन भनेर जान्न मानक प्रयोगशाला विधिहरू प्रयोग गरिएको थियो ।
‘हामीले वातावरणमा प्लास्टिकमा टाँसिएर भाइरसहरू राम्रोसँग बाँच्न सक्छन् भन्ने निश्चित थिएनौं । तर तिनीहरू बाँच्छन् र संक्रामक रहन्छन्’ क्विलियमले भने ।
उनले अगाडि थपे, ‘तीन दिनको लागि वातावरणमा संक्रामक भएर फोहोर पानी प्रशोधन कार्यहरूबाट सार्वजनिक समुद्र तटमा पुग्न पर्याप्त छ ।’
सो अध्ययन ‘इन्भाराेमेन्टल पाेलुसन' जर्नलमा प्रकाशित छ । अध्ययनले माइक्रोप्लास्टिक्सले वातावरणमा रोग सर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
-
नेपाली सिक्दै भोजपुरी अभिनेत्री, भिडियो भाइरल
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)