शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गोकुल बास्कोटाले एउटा व्यक्ति र निजी संस्थाको पक्षपोषण हुनेगरी बोलेको आरोप

मङ्गलबार, १४ असार २०७९, २३ : ३९
मङ्गलबार, १४ असार २०७९

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल टी–ट्वान्टी लिग र सेभेन थ्री स्पोर्ट्सबीचको सम्झौताका विषयमा बोल्दा सांसद गोकुल बास्कोटाले एक व्यक्ति र संस्थाको पक्षपोषण हुनेगरी बोलेको आरोप लागेको छ । 
नेपाल क्रिकेट  संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले प्रतिनिधिसभामा नेपाल टी–ट्वान्टी लिग र सेभेन थ्री स्पोर्ट्सबीचको सम्झौताका विषयमा बोल्दा बास्कोटाले एक व्यक्ति र संस्थाको पक्षपोषण हुनेगरी बोलेको आरोप लगाएका हुन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा बास्कोटाले ‘चुतुरले चुतुर्याइ गरेर नेपाली क्रिकेट बेच्न लागेका’  भन्दै खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । 
‘जिम्मेवार व्यक्तिसँग सम्बन्धित विषयको बारेमा जानकारी नलिएर संसदमा बोल्नु भयो । एउटा व्यक्ति  र निजी संस्थाको पक्षपोषण हुने गरी बोल्नुभन्दा पहिला क्यानको जिम्मेवार व्यक्तिसँग सोध्नुपर्ने थियो,’ चन्दले भने । 
सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र आवह्वान नगरि नेपाल टी–ट्वान्टी लिगको सम्पूर्ण राइट्स बेचेको कुरा पछिल्लो समय सर्वाेच्च अदालत हुँदै अख्तियारसम्म पुगेको छ । क्यानले घरेलु क्रिकेट लिग नेपाल टी–ट्वान्टी लिगको सम्पूर्ण अधिकार बेच्दा कानुनी प्रकृया नअपनाउँदा समस्यामा परेको हो । 

भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई क्यानको कमर्सियल राइट्स बेचेको थियो । सोही अनुसार एसथ्रीले नेपाल टी–ट्वान्टी लिगको सम्पूर्ण अधिकार पाएको छ । 
क्यानले भारतीय कम्पनीलाई जुनियर क्रिकेट लिगको अधिकार पनि बेचेको छ । नेपालमा लिग गर्नका लागि अन्तिम सम्झौता २०२१ को जनवरीको अन्तिममा भएको थियो । उक्त समयमा भएको सम्झौतालाई क्यानको साधारणसभाले दुई पटक पारित गरिसकेको उनले बताए । 

‘क्यानले गरेको ५२ पेजको सम्झौता पूरै बुँदाहरु पढ्न पर्ने । एउटा व्यक्तिसँग लेन–देनको विषय होला त्यसैले उहाँले बोल्नु भयो होला,’ उनले भने । चन्दले नेपाल टी–ट्वान्टी लिगमा मात्र भारतीय कम्पनीको अधिकार लागु हुने बताएका छन् । उनले भारतीय कम्पनीले नेपाल टी–ट्वान्टी लिग बाहेक अन्य विषयमा कहिले पनि हस्तक्षप नगरेको र नगर्ने बताए । 

चन्दले नेपाली क्रिकेटमा भारतीय कम्पनीको ठूलो लगानी भित्रिनु सकारात्मक रहेको बताए । उनले नेपाली क्रिकेट खेलाडी २५ हजारमा लिग खेल्न बाध्य भएको अवस्थामा भारतीय कम्पनीले लाखौँमा लिग खेलाउन लगाउनु सकारात्मक मान्नु पर्ने बताए । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप