शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२९ वर्षकी आलिया आमा बन्दै, गर्भवती हुनका लागि सबैभन्दा सही उमेर के हो ?

मङ्गलबार, १४ असार २०७९, ०९ : ५९
मङ्गलबार, १४ असार २०७९

आलिया भट्टले विवाह गरेको दोस्रो महिनामा आफू गर्भवती भएको घोषणा गरेकी छिन् । यसको जानकारी आलियाले आफ्नो सोसल मिडियामार्फत् दिएकी हुन् । इन्स्टाग्राममा सेयर गरिएको एक तस्बिरमा आलिया अस्पतालको बेडमा सुतिरहेकी छिन् र आफ्नो बच्चाको अल्ट्रासाउन्डको तस्बिर हेरेर दङ्ग छिन् । रणबीर कपुर पनि उनीसँगै देखिएका छन् । यी दुईको तस्बिर हाल चर्चाको विषय बनेको छ । आलिया भट्ट २९ वर्षकी पुगिन् र करियरको हिसाबले उनी हाल उत्कर्षमा छिन् । स्वास्थ्यविज्ञको अनुसार महिलाले ३० वर्षअघि नै परिवारको योजना बनाउनुपर्छ । विवाहका बेला तपाईंको उमेर र परिवारको योजनाबीच के सम्बन्ध छ, त्यसबारे जानकारी लिऔँ ।

यदि तपाईंको विवाह २० वर्ष अघि भएको छ भने

विशेषज्ञका अनुसार कोही पनि महिला २० वर्ष अघि आमा बन्नु हुँदैन । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १५–१९ वर्षका महिलाको मृत्युको दोस्रो सबैभन्दा ठूलो कारण गर्भावस्था र बच्चाको जन्म हो । यदि कोही महिला २० वर्षभन्दा कम उमेरका छन् भने उनीहरुबाट जन्मिएका शिशु मृत्युदर पनि धेरै हुने गर्छ । करियर र पढाईको हिसाबले हेर्ने हो भने पनि यति कम उमेरमा बच्चा जन्माउनु हुँदैन ।

यदि तपाईंको विवाह २०–२५ वर्षमा भएको छ भने

यदि तपाईंको विवाह २० वर्ष पुगेपछि भएको छ भने यो समय गर्भवती हुने सबैभन्दा उत्कृष्ट समय मानिन्छ । यी वर्षहरुमा महिलाको एग्स पनि निकै राम्रो हुन्छ र पुरुषको स्पर्म पनि सबैभन्दा उत्कृष्ट अवस्थामा हुन्छ । तर यो उमेरमा पनि यदि तपाईं अभिभावक हुने योजना बनाइरहनुभएको छ भने तपाईं आफ्नो बच्चालाई हरेक प्रकारले एक उत्कृष्ट भविष्य दिनका लागि तयार हुनुहोस् ।

यदि तपाईंको विवाह २५–३० वर्षको उमेरमा भएको भए

यदि तपाईंले २५ वर्षपछि र ३० वर्षअघि विवाह गर्नुभएको छ भने तपाईंले बच्चा जन्माउन खासै ढिला गर्नु हुँदैन । थुप्रै जोडीलाई यो लाग्न सक्छ कि बच्चा जन्माउने यो नै सबैभन्दा सही उमेर हो किनभने यो उमेरसम्म त उनीहरु आफैँपनि आर्थिक रुपमा बलियो भइसकेका हुन्छन् । उनीहरु मानसिक र शारीरिक रुपमा बच्चाका लागि तयार हुने गर्छन् ।

यद्यपि, स्वास्थ्यको हिसाबले हेर्ने हो भने यो उमेरमा महिलाको प्रजनन क्षमतामा गिरावट आउँछ र उनीहरु गर्भवती हुने सम्भावना एक वर्षभित्र एक चौथाई कम हुने गर्छ । पुरुषको स्पर्म क्वालिटीमा पनि असर पर्ने गर्छ । यदि कोही पुरुष नियमित रुपमा रक्सी पिउँछन् र धुम्रपान गर्छन् भने उनीहरुको स्पर्म क्वालिटी पनि खस्किने गर्छ । त्यसैले यदि तपाईं विवाहित हुनुहुन्छ र तपाईंको उमेर २५–३० वर्ष भित्र छ भने तपार्ईंले बच्चा जन्माउन अब ढिला गर्नु हुँदैन ।

यदि तपाईंको विवाह ३०–३५ वर्षबीच भएको भए

३० वर्षपछि विवाह हुँदा गर्भवती हुन समस्या आउन सक्छ त्यसैले बच्चाको चाहना राख्ने जोडीले विवाहलगत्तै बच्चाबारे सोच्नुपर्छ । ३० वर्षपछि महिलामा गर्भवती हुने सम्भावना कम हुन्छ । बच्चाको योजना बनाउनुअघि श्रीमान–श्रीमती दुबैले स्वास्थ्यको सम्पूर्ण परीक्षण गराउनुपर्छ ।

यो उमेरमा पुरुषको स्पर्मको काउन्ट र यसको क्वालिटी पनि प्रभावित हुने गर्छ जसका कारण बच्चामा विभिन्न खालको रोगको खतरा बढ्ने गर्छ । थुप्रै अध्ययनमा यो उमेरमा यदि गर्भवती भएको खण्डमा बच्चामा अटिजम (दिमागको कम विकसित हुने) जस्तो रोगको खतरा बढ्ने गर्छ ।

 


 

यदि तपाईंको विवाह ३५–४० वर्षको बीचमा भएको भए

यो उमेरमा विवाह गर्दा बच्चाको योजना बनाउनु अघि महिला–पुरुष दुबैले आफ्नो स्वास्थ्यको सम्पुर्ण परीक्षण गराउनुपर्छ र उनीहरुले स्वस्थ बच्चा जन्माउन सक्छन् कि सक्दैनन् भनेर सुनिश्चित गर्नुपर्छ । यो उमेरमा बच्चा जन्माउँदा बच्चामा डाउन सिन्ड्रोम र अटिजमको खतरा थुप्रै गुणा बढ्ने गर्छ । महिलाको पनि गर्भपात हुने सम्भावना बढ्ने गर्छ ।

यदि तपाईंको विवाह ४०–४५ वर्षको बीचमा भएको छ भने

यो उमेरमा विवाह गरेपछि बच्चा जन्माउनु निकै मुश्किल हुनसक्छ किनभने आमा र बच्चामा धेरैथरीको समस्या देखिन सक्छ । अध्ययनका अनुसार यो उमेरमा आमा बन्ने हरेक १९ मध्ये एक महिलाको बच्चामा क्रोमोसोम सम्बन्धि विकार हुनसक्छ ।

यो उमेरमा महिलाको नर्मल डेलिभरी हुन असम्भव जस्तै हुन्छ । जन्मिएको बच्चामा पनि अटिजमको खतरा हुने गर्छ, साथै उनको शारीरिक र मानसिक विकास पनि राम्रोसँग हुन पाउँदैन ।

यदि तपाईंको विवाह ४५ वर्षपछि भएको छ

यदि तपाईंले ४५ वर्षपछि विवाह गर्नुभएको छ र तपाईंलाई बच्चाको चाहना छ भने यो अलि मुश्किल नै हुन्छ किनभने यो उमेरमा गर्भवती हुने सम्भावना एक प्रतिशत मात्रै रहन्छ । यदि यो उमेरमा महिला गर्भवती भइहाले पनि हाइपरटेन्सन र गर्भावस्थाका बेला हुने मधुमेहको पनि शिकार हुनुपर्ने हुनसक्छ ।

यो उमेरमा पुरुषको स्पर्म पनि निकै कमजोर हुने गर्छ त्यसैले बच्चामा मानसिक र शारीरिक विकासको सम्भावना १३ गुणा बढ्ने गर्छ । यदि महिलाको गर्भ भित्र छोरी छिन् भने उनलाई अटिजमका साथै स्तन क्यान्सर र पुड्को हुने सम्भावना पनि देखिन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप