
ब्रिक्सको सदस्य बन्न इरानको आवेदन

इरानले ‘ब्रिक्स’ को सदस्य बन्नका लागि आवेदन दिएको एक इरानी अधिकारीले सोमबार जानकारी दिएका छन् । उदीयमान अर्थतन्त्रहरूको यो समूहमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् । यस समूहमा इरानको आबद्धताले दुवै पक्षलाई फाइदा हुने इरानको विदेश मन्त्रालयले प्रवक्ताले बताएका छन् ।
रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले इरानसँगै अर्जेन्टीनाले पनि समूहमा सदस्य बन्नका लागि आवेदन दिएको जानकारी दिएकी छन् । यसबारे अर्जेन्टिनी अधिकारीहरूले प्रतिक्रिया भने दिएका छैनन् ।
हाल युरोपमा रहेका अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने ब्रिक्सको सदस्य बन्ने इच्छा व्यक्त आइरहेका थिए ।
अलजजिराबाट
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ