यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
मङ्गलबार, १४ असार २०७९, ०८ : १०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
मंगलबार रातो आलुको मूल्य प्रतिकेजी ४६ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह एक सय रुपैयाँ र केरा दर्जनको १३५ रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली ५५ रुपैयाँ, कागती १३५ रुपैयाँ, कुरिलो २२५ रुपैयाँ र लोकल गोलभेँडा ४७ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।