टेस्ट क्रिकेट : न्युजिल्यान्डविरुद्ध इङ्ल्यान्डको ‘क्लिनस्विप’
इङ्ग्ल्यान्डले तेस्रो टेस्ट क्रिकेट खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै तीन टेस्ट शृंखलामा ‘क्लिनस्विप’ गरेको छ । ।
२९६ रनको विजयी लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले ५४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । इङ्ग्ल्यान्डको जितमा जो रुटले ८६ रन बनाए । जोनी बेयरस्टो ७१ रनको योगदान गरे । ओली पोपले ८२ जोडे ।
यसअघि न्युजिल्यान्ड दोस्रो इनिङमा ३२६ रनमा सबै विकेट गुमाएको थियो । न्युजिल्यान्डका टम ब्लेन्डलले ८८ रन बनाए । यस्तै, डर्याल मिचेलले ५६, टम लाथम ७६, केन विलियम्सन ४८ रनको योगदान गरे । इङ्ग्ल्यान्डका ज्याक लेचले पाँच र म्याथ्यु पट्सले तीन विकेट लिए ।
इंग्ल्याण्ड पहिलो इनिङमा ३६० रनमा अल आउट भएको थियो । यसअघि न्युजिल्यान्ड पहिलो इनिङमा ३२९ रनमा अल आउट भयो ।
इङ्ल्यान्डका रुटनै प्लेयर अफ द सिरिज चुनिए । न्युजिल्यान्डका डर्याल मिचेल र जो रुट संयुक्त रुपमा प्लेयर अफ द सिरिज भए । यस अघि इङ्ग्ल्यान्ड पहिलो र दोस्रो खेलमा समान पाँच विकेटले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?
-
४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?