शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टेस्ट क्रिकेट  : न्युजिल्यान्डविरुद्ध इङ्ल्यान्डको ‘क्लिनस्विप’

मङ्गलबार, १४ असार २०७९, ०७ : ५७
मङ्गलबार, १४ असार २०७९

इङ्ग्ल्यान्डले तेस्रो टेस्ट क्रिकेट खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै तीन टेस्ट शृंखलामा ‘क्लिनस्विप’ गरेको  छ । ।

२९६ रनको विजयी लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले ५४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । इङ्ग्ल्यान्डको जितमा जो रुटले ८६ रन बनाए । जोनी बेयरस्टो  ७१ रनको योगदान गरे । ओली पोपले ८२ जोडे ।

यसअघि न्युजिल्यान्ड दोस्रो इनिङमा ३२६ रनमा सबै विकेट गुमाएको थियो । न्युजिल्यान्डका टम ब्लेन्डलले ८८ रन बनाए । यस्तै, डर्याल मिचेलले ५६, टम लाथम ७६, केन विलियम्सन ४८ रनको योगदान गरे । इङ्ग्ल्यान्डका ज्याक लेचले पाँच र म्याथ्यु पट्सले तीन विकेट लिए ।

इंग्ल्याण्ड पहिलो इनिङमा ३६० रनमा अल आउट भएको थियो । यसअघि न्युजिल्यान्ड पहिलो इनिङमा ३२९ रनमा अल आउट भयो । 

इङ्ल्यान्डका रुटनै प्लेयर अफ द सिरिज चुनिए । न्युजिल्यान्डका डर्याल मिचेल र जो रुट संयुक्त रुपमा प्लेयर अफ द सिरिज भए । यस अघि इङ्ग्ल्यान्ड पहिलो र दोस्रो खेलमा समान पाँच विकेटले विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप