
बाबुराम भट्टराईमाथि कारबाही गर्ने उपेन्द्र पक्षको निर्णय

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहितका नेतालाई कारबाही गर्ने भएको छ । सोमबार राति बसेको यादव पक्षीय कार्यकारिणी समिति बैठकले भट्टराई र महेन्द्र यादवमाथि कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको एक नेताले बताए ।
लामो समयदेखि जसपामा यादव र भट्टराई पक्षीबीच विवाद चलिरहेको छ । यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षले उनको अधिकार खोस्ने प्रयास गरिरहेको छ ।
भट्टराईले कार्यकारी अधिकार आफूले लिने रणनीति अनुसार गतिविधि गरिरहेको पाइन्छ । यसका लागि उनले पार्टीमा हस्ताक्षर अभियान चलाएका थिए । यो सबै कुराको चाल पाएको यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाब गर्दै भट्टराई माथि नै कारबाही गर्न निर्णय लिएको हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- June 28, 2022, 1:22 p.m. Bhimraj Gurungडा. बाबुरामको बिचल्ली हुने भयो हिजो मओबादी संग जनयुद लडे का प्रचण्ड संग पार्टीमा संघर्ष गर्न नसेका अनि प्रचण्डले कहिले पनि आफ्नो करियाकरिणी पद आफै संग राखने अरुलाई सधै पार्टीमा कार्यकारणी सदस्य नदिने हुनाले प्रचण्ड संग छुटेर उपेन्द्र यादव संग संघर्ष गर्दै थिए तर पार्टीमा टिक्न भने बहुत गह्रो भयो बल्ल थाहा पायो नि अगाडी डा राख्दैमा हुने वाला केहि छैन !!!
- 0 Reply
- June 28, 2022, 8:27 a.m. Krishna NepaliDr, saab, better back to your original party, a rule ta tystai ho, gorkhali janata le ajhai pani tapai lai biswas ra bbharosa garxan, maubadi bata gorkha ma jeet suraxxit xa, yo bhelua seluwa party kaam xaina.
- 0 Reply
कमेन्ट गर्नुहोस्
तपाईको ईमेल गोप्य राखिनेछ
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।