
जोकोभिचको विजयी सुरुआत

नोभाक जोकोभिचले वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनमा विजयी सुरुआत गरेका छन् । ६ पटकका च्याम्पियनसमेत रहेका जोकोभिचले सोमबारबाट सुरु भएको विम्बल्डनको पहिलो चरणमा दक्षिण कोरियली खेलाडी सुन्वो कोनलाई ३–१ सेटमा पराजित गरे ।
पहिलो सेट ६–३ ले जितेका जोकोभिचले दोस्रो सेटमा सोही नतिजा कोनलाई सुम्पिएका थिए । यद्यपि, त्यसपछिका दुई सेट ६–३ ६–४ ले जित्दै साविक विजेता जोकोभिचले दोस्रो चरणको यात्रा तय गरे ।
उनले तेस्रो चरण प्रवेशका लागि थानसी कोक्किनाकिस र कमिल मज्चर्जकबीचको विजेतासँग खेल्ने छन् । २० पटकका ग्रान्डस्लाम च्याम्पियन जोकोभिचले २०११, १४, १५, १८, १९ र २१ मा गरी ६ पटक विम्बल्डन जितिसकेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ