सोनिया गान्धीका निजी सचिवमाथि बलात्कार आरोप
मङ्गलबार, १४ असार २०७९, ०७ : ३७
भारतमा कांग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवविरुद्ध बलात्कारको आरोप लागेको छ । एक २५ वर्षीय युवतीले यस्तो आरोप लगाएकी हुन् ।
दिल्ली प्रहरीले २५ वर्षीया महिलाको उजुरीमा गान्धीका निजी सचिव पीपी माधवनविरुद्ध बलात्कार र आपराधिक धम्कीको मुद्दा दर्ता गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
आफूलाई जागिर दिने प्रलोभन देखाएको र विवाहको आश्वासन दिएको पीडितले माधवनविरुद्ध आरोप लगाएकी छन् ।
पीडितलाई कथित रूपमा बलात्कार गरेको र घटनाबारे सार्वजनिक गरेमा आरोपितले गम्भीर परिणाम भोग्ने धम्कीसमेत माधवनले दिएको एक प्रहरी अधिकारीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा नतिजा उल्ट्याउँदै वाम गठबन्धनको अग्रता
-
विष्णुमती नदीको जलसतह सतर्कता तह पार
-
सहकारी अभ्यासको ८१ वर्षीय हाम्रो इतिहास
-
युरोकपमा कार्डको कथा, सेमिफाइनल गुमाउने यी खेलाडी
-
ज्योति विकासको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा पदोन्नति
-
प्राणघातक हुन्छ इन्टरमिटेन्ट फास्टिङ ? के भन्छ अध्ययन ?