मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरमा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम स्थगित

मङ्गलबार, १४ असार २०७९, ०७ : २६
मङ्गलबार, १४ असार २०७९

ललितपुर महानगरपालिकाले बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम स्थगित गरेको छ । सोमबार सूचना जारी गर्दै आवश्यक मात्रामा खोप उपलब्ध नभएका कारण २०७९ असार १४ गते देखि खोप लगाउने कार्यकम अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको महानगरले जानकारी दिएको हो । 

सरकारबाट खोपको सुनिश्चितता हुनासाथ सूचना प्रकाशित गरी कार्यकम यथाशिघ्र संचालन गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए । 

यसबाट सम्बन्धित व्यक्तिहरुमा पर्न गएको असुविधा प्रति महानगरपालिका क्षमा मागेको छ । ललितपुर महानगरमा असार १० गतेदेखि असार १५ गते सम्म ५ वर्ष पुरा भई १२ वर्ष मुनिका बालवालिकाहरुलाई पहिलो मात्रा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप