सपिङ मलमा रुसी मिसाइल आक्रमणमा १६ युक्रेनीको मृत्यु
मङ्गलबार, १४ असार २०७९, ०७ : ०६
क्रेमेन्चुकको मध्य सहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । मिसाइल हमलामा ५९ जना घाइते भएका युक्रेनको आपतकालीन सेवाका प्रमुखले बताएका छन् ।
‘अहिलेसम्म हामीलाई १६ जनाको मृत्यु र ५९ जना घाइते भएको थाहा छ । तीमध्ये २५ जना अस्पतालमा भर्ना छन्’, आपतकालीन सेवाका प्रमुख सर्गी क्रुकले भने । सपिङ सेन्टरमा हमलापछि भग्नावशेष हटाउने र आगो निभाउने कार्य भइरहेको उनले बताए ।
आक्रमणको समयमा हजारौँ सर्वसाधारण उक्त सपिङ मलमा रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका थिए । ‘मलमा आगो लागेको छ, उद्धारकर्ताहरू आगो निभाउने क्रममा छन् । पीडितहरूको संख्या कल्पना गर्न असम्भव छ’, जेलेन्स्कीले फेसबुकमा लेखेका थिए ।
क्रेमेन्चुक सहरको जनसंख्या २ लाख २० हजार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा मदिरा सेवन गरेर युवकमाथि कुटपिट, ६ जना पक्राउ
-
एकीकृत समाजवादीले बनायो संविधान संशोधन कार्यदल
-
ग्वार्कोस्थित राधाकृष्ण मेडिकलमा प्रहरीको छापा, सञ्चालकसहित दुईजना पक्राउ
-
राष्ट्र बैंकको सहुलियतको अवधि सकियो, १८७ अर्ब ऋणको भविष्य अब के हुन्छ ?
-
भिसा फ्री ट्रान्जिटको म्याद थपेर चीनले पुर्यायो १० दिन
-
सहकारी ठगहरू अब आकाशमाथि र जमिनमुनि भए पनि जोगिने अवस्था छैन : सूर्य थापा