बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली दूतावास लण्डनले दियो स्कटल्यान्डमा घुम्ती सेवा

मङ्गलबार, १४ असार २०७९, ०६ : ०७
मङ्गलबार, १४ असार २०७९

लण्डन स्थित नेपाली दुतावासले स्कटल्यान्डमा संचालन गरेको घुम्ती सेवाबाट एक सय जना भन्दा बढीले सेवाग्राहीले सुविधा लिएका छन् ।

गैरआवासीय नेपाली संघ स्कटल्यान्डका अध्यक्ष काशीराम भण्डारीका अनुसार दुतावासले आइतबार र सोमबार गरि दुई दिन सो क्षेत्रमा घुम्ती सेवा संचालनमा ल्याएको थियो । गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदका उपाध्यक्ष उज्वल कार्कीका अनुसार एवर्डिनमा ४० जना र एडिनबरामा ६० जनाले दूतावासको सेवा लिएका थिए ।

नेपाली दूतावासको तर्फबाट रामबावु नेपालको नेतृत्वमा खटिएको ६ जनाको टोलीले पासपोर्ट, भिसा, एनआरएनए कार्ड लगायतको सेवा प्रत्यक्ष रुपमा प्रदान गरेको थियो । दुतावासले दिएको सेवाप्रति गैरआवासीय नेपाली संघ स्कटल्यान्डले आभार व्यक्त गरेको छ ।

दूतावासको घुम्ती सेवा संचालन गर्न स्कटल्याण्ड पुगेको टोलीलाई अध्यक्ष भण्डारी, समाजसेवी घनश्याम भण्डारी, नविन क्षेत्री लगायतले महत्वपूर्ण सहयोग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप