शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पालुङ वितरण केन्द्रको चुहावट २७ प्रतिशत

सोमबार, १३ असार २०७९, २२ : ५५
सोमबार, १३ असार २०७९

उत्तरी मकवानपुरमा रहेको नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रमा २७ प्रतिशत विद्युत चुहावट भएको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविाधिक चुहावटबाट पालुङमा २७ दशमलब २९ प्रतिशत विद्युत चुहावट भएको छ ।

गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा विद्युत चुहावट कम हो तरपनि चुहावट नियन्त्रणनै नभएको बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले जनाएको छ । नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत वर्षको वैशाखसम्मको वितरणतर्फको संचित चुहावटको तुलनामा यस वर्ष १ दशमलब ९ प्रतिशत विन्दुले घटाएको छ । गतवर्ष त्यस केन्द्रको २८ दशमलब ३१ प्रतिशत चुहावट थियो ।

बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौं मातहतका २० वटा वितरण केन्द्र मध्ये सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी २५ दशमलब ५६ प्रतिशत चुहावट रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको २६ दशमलब २७ प्रतिशत चुहावट थियो ।

प्राधिकरणले हुकिङलगायतबाट हुने विद्युत चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सबस्टेसनको सुदृढीकरण तथा नयाँ सबस्टेसनको निर्माण, कन्डक्टर, ट्रान्सर्फमर फेर्नेलगायतका काम गरिरहेको छ । सबस्टेसनको क्षमता बृद्धि गर्ने, कन्डक्टर थप्ने,ओभरलोड ट्रान्सर्फमर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो ।

प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको स्टक युनिट ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप