शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लामा तीन दिनदेखि हवाई उडान बन्द

सोमबार, १३ असार २०७९, २२ : ०९
सोमबार, १३ असार २०७९

हुम्लामा लगातार वर्षाका कारणले गर्दा नेपालगञ्ज, सुर्खेतबाट आउने उडानहरु बन्द भएका छन् भने सदरमुकाम सिमकोटमा पसलहरुमा महङ्गी भई उपभोग्य सामानहरुको मूल्य वृद्धि भएको छ । 

विकास निर्माणहरु पाइप, सिमेन्ट, सरिया जस्ता निर्माण सामग्रीसमेत ढुवानी नहुँदा निर्माण कार्य पनि ठप्प भएको छ । स्थानीय बासिन्दा महङ्गीमा परेको कृषक परेकबहादुर रोकायाले बताए । उनले हुम्ला जिल्लामा खाद्यान्नको समस्या रहेको समेत जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप