बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सोनिया गान्धीको निजी सचिवमाथि बलात्कारको आरोप

सोमबार, १३ असार २०७९, २२ : ००
सोमबार, १३ असार २०७९

भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धीको निजी सचिवमाथि बलात्कारको आरोप लागेको छ । दिल्लीको उत्तम नगर प्रहरी चौकीमा एक दलित महिलाले सोनियाका निजी सचिव पीपी माधवनविरुद्ध जागिर र विवाहको बहानामा बलात्कार गरेको आरोपमा उजुरी दायर गरेकी हुन् । 

२६ जुनमा दिल्लीको उत्तम नगर पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको छ। महिलाले एफआईआरमा उनको पतिले काँग्रेस कार्यालयमा होर्डिङहरू राख्ने काम गर्ने गरेको र उनको दुई वर्षअघि निधन भएको थियो । त्यसपछि उनले कामका लागि पीपी माधवनसँग सम्पर्क गरेकी थिइन् । माधवनले आफूलाई जागिर र विवाहको बहानामा पटकपटक बलात्कार गरेको महिलाको आरोप छ । यता माधवनले भने उक्त महिलालाई आफूले चिनेको तर आरोप झुटो भएको बताएका छन् ।

एफआईआरका अनुसार २१ जनवरी २०२२ मा माधवनले महिलालाई पहिलो पटक आफ्नो घरमा बोलाएका थिए । माधवनले उनलाई आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद भएको बताएका थिए । त्यसपछि ती महिला र माधवनलाई पटकपटक भेटेको र यस क्रममा आफूसँग जबरजस्ती गरेको कुरा उल्लेख गरेकी छन् । महिलाको उजुरीको आधारमा उत्तम नगर पुलिस स्टेशनमा माधवनविरुद्ध धारा ३७६, ५०६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यसबारे थप अनुसन्धान हुँदैछ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप