बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

केरला र महाराष्ट्रमा कोरोना सङ्क्रमण दर १५ प्रतिशत माथि

सोमबार, १३ असार २०७९, २१ : ५२
सोमबार, १३ असार २०७९

भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । आइतबार त्यहाँ १५ हजार ५४ नयाँ कोरोना संक्रमित भेटिएका थिए भने १६ जनाको मृत्यु भएको थियो । यही अवधिमा १३ हजार ४ सय ८५ जना सङ्क्रमणमुक्त पनि बनेका छन् । भारतमा हाल ९२ हजार ७२४ सक्रिय कोरोना संक्रमित छन् । यसभन्दा एक दिनअघि ११ हजार ५७८ नयाँ कोरोना संक्रमित भेटिएका थिए भने २५ बिरामीको मृत्यु भएको थियो ।

आइतबार, भारतमा दैनिक सङ्क्रमण दर पनि २.५९ प्रतिशतमा झरेको छ, जबकि साप्ताहिक सङ्क्रमण दर ३.२५ प्रतिशतमा रेकर्ड गरिएको थियो।  हालै भारमा सङ्क्रमण दर ४.३९ प्रतिशत पुगेको थियो । राज्यहरूमा कोरोनाको अवस्थाको कुरा गर्ने हो भने महाराष्ट्र र केरलाको अवस्था झन् खराब हुँदै गइरहेको छ।

अघिल्लो दिन महाराष्ट्रमा ६ हजार ४९३ नयाँ कोरोना संक्रमित भेटिएका थिए भने ५ जनाको मृत्यु भएको थियो । प्रदेशमा कोरोना पोजिटिभ दर १६ दशमलव ४८ प्रतिशत पुगेको छ । उता केरलामा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७८ नयाँ कोरोना संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ । केरलामा कोरोना पोजिटिभ दर बढेर १७.१९५ पुगेको छ। योसँगै २६ हजारभन्दा बढी बिरामीले कोरोनाको उपचार गराइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप