बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युक्रेनको व्यस्त सपिङ मलमा रकेट प्रहार

सोमबार, १३ असार २०७९, २१ : ३१
सोमबार, १३ असार २०७९

युक्रेनको पोल्टावा क्षेत्रको क्रेमेन्चुक सहरमा रहेको एउटा सपिङ मलमा रकेट प्रहार भएको छ । घटनास्थलका तस्बिरहरूमा मलमा पूर्ण रूपमा जलेको देखिन्छ । राष्ट्रपति जेलेन्स्कीले हमलाको समयमा मलमा १,००० मानिस थिए।

आक्रमणमा परी हालसम्म कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने २० जना घाइते भएका छन् । यसमध्ये नौ जनाको अवस्था गम्भीर रहेको छ । सहरका मेयरले आक्रमणलाई 'अर्को रूसी युद्ध अपराध, मानवता विरुद्धको अपराध - सर्वसाधारण जनता विरुद्ध आतंक' बताउँदै यसलाई खुला र निन्दनीय कार्य भनेका छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप