कोरोना महामारीको भत्ता नपाएपछि आन्दोलनको तयारीमा स्वास्थ्यकर्मी
![कोरोना महामारीको भत्ता नपाएपछि आन्दोलनको तयारीमा स्वास्थ्यकर्मी](https://rpcdn.ratopati.com/media/albums/drrrrrrrrrrrr_GVVgTJ6T3L.jpg)
रुपन्देहीको भीम अस्पतालमा कार्यरत स्वास्थकर्मीहरुले कोरोना महामारीको भत्ता नपाएपछि आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारले कोरोनाको समयमा स्वास्थ्यकर्मीलाई प्रदान गर्ने घोषणा गरेको भत्ता अहिलेसम्म उपलब्ध नपाएपछि आज पत्रकार सम्मेलन गर्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
संघर्ष समितिका संयोजक गोपाल उपाध्यायले कोभिड महामारीको समयमा काम गरेबापत सरकारले दिने घोषणा गरेको जोखिम भत्ता अहिलेसम्म पनि उपलब्ध नगराएकाले तत्काल भत्ता नपाएका आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । उनले ओपीडी बन्द गर्नेसम्मको तयारी रहेको बताए ।
भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्ताबापतको रकम पाएका छैनन्। उनीहरूले साउनदेखि पुससम्मको एक करोड ४९ लाख ८० हजार रकम लिनुपर्नेछ । प्रदेश सरकार र संघीय सरकारले ५०–५० प्रतिशत जोखिम भत्ता ६ महिनाका लागि दिने घोषणा गरेका थिए ।
भीम अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शकुन्तला गुप्ताले स्वास्थ्यकर्मीहरुलाई प्रदान गर्ने कोरोना भत्ता अहिलेसम्म प्राप्त नभएका कारणले दिन नसकिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या