बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बुल्गेरियाका प्रधानमन्त्रीले दिए राजीनामा

सोमबार, १३ असार २०७९, १९ : ५५
सोमबार, १३ असार २०७९

बुल्गेरियाका प्रधानमन्त्री किरिल पेटकोभले अविश्वासको प्रस्ताव पारित भएपछि आफ्नो गठबन्धन सरकारको तर्फबाट राष्ट्रिय सभामा  सोमबार राजीनामा बुझाएका छन् ।  संसदको प्रेस कार्यालयले जनाए अनुसार विश्वासको मत लिन नसकेपछि राजीनामा दिनुपर्ने संवैधानिक प्रावधान छ ।

पेटकोभको सरकारले नयाँ मन्त्रिपरिषद्को निर्वाचन वा नियुक्ति नभएसम्म काम चलाएको हैसियतमा काम गर्नेछ। सत्तारुढ गठबन्धनका चार साझेदार मध्येको एक जनता पार्टीले गत डिसेम्बरमा निर्वाचित भएको सरकारमा आफ्नो सहभागिता फिर्ता लिएको दुई सातापछि बुधबार मन्त्रिपरिषद् विघटन गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप