जनताले सांसदलाई लखेट्न मात्र बाँकी छः श्रेष्ठ
बागमती प्रदेशसभा सदस्य एवम् विवेकशील साझा पार्टीका नेता विराजभक्त श्रेष्ठले जनताले अब सांसद् र मन्त्रीहरुलाई लौरो लिएर लखेट्न मात्र बाँकी रहेको बताएका छन् । सोमबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको विषयगत मन्त्रालयमाथिको छलफलका क्रममा सो कुरा बताएका हुन् ।
सरकारले जनताको हितमा जिम्मेवार ढंगबाट काम गर्नुपर्ने भएपनि त्यसमा चुकेकाले जनताले लखेट्न मात्र बाँकी रहेको उनले बताए । ‘पहिले आउँदा घडा राखेर स्वागत गरेका जनताले अब लौरो लिएर लखेट्न मात्र बाँकी छ ।’ उनले भने, ‘जनता आजित भइसके । उनीहरु सुविधा माग्दैछन् । हाम्रो सरकार कहाँ छ । सरकारले जिम्मेवारी कहिले लिने ।’
सरकारले आम्दानीको स्रोतको रुपमा रहेको राजस्व तथा करहरूलाई खारेज गर्दै जाँदा प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न चिन्ह खडा हुने उनले बताए । उनले प्रदेशसभा सचिवालय भित्रका बोटबिरुवा काटेको भन्दै विरोध जनाएका छन् । भारतबाट आँप र लिची जस्ता फलफूल आयात गरेर खानुपर्ने अवस्था रहेको भन्दै उनले प्रदेशसभा सचिवालयभित्र फलिरहेको रुख काट्दैमा समृद्धि नहुने बताए ।
उनले सरकारको बजेट मन्त्रीमुखि भएकाले यसबाट प्रदेशका जनताको हित हुन नसक्ने बताए । युवा तथा खेलकुदको विकासमा प्रदेश सरकारले खासै चासो नदिएको उनको भनाइ छ । उनले खेल क्षेत्रमा सक्रिय युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न प्रोत्साहनका कार्यक्रमहरु ल्याउनु पर्ने बताए । उनले सरकारले एक आर्थिक वर्षको सवारी साधन खरिदको बजेट खेल क्षेत्रको विकासमा खर्च गर्न सकेमा केही हदसम्म न्याय हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल