शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्रोकरहरुले अब नयाँ टिएमएस राख्न पाउने, यस्तो बन्यो कार्यविधि

सोमबार, १३ असार २०७९, १७ : १६
सोमबार, १३ असार २०७९

नेपाल स्टक एक्सचेन्जले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि, २०७९ जारी गरेको छ । अनलाइन तथा अफलाइनमार्फत धितोपत्र कारोबार गर्नका लागि नेप्सेले विकास गरेको वा कारोबार सदस्यले विकास वा खरिद गरी प्रयोग गर्ने कारोबार व्यवस्थापन गर्न बनेको धितोपत्र कारोबार सञ्चालन (तेस्रो संसोधन) विनियमावली, २०७९ को विनियम ३९ उपविनियम १ (ग) बमोजिम नेप्सेले यस्तो कार्यविधि जारी गरेको हो । 

मुख्यगरी यस कार्यविधि मार्फत नेप्सेले ब्रोकरहरुलाई नयाँ टिएमएस राख्नुका लागि पालना गर्नुपर्ने नियम र व्यवस्थाको बारेमा निर्देशन गरेको छ । योसँगै अब नेप्सेले नयाँ टिएमएस पनि राख्न पाउनेछन् । हाल नेप्सेले ल्याएको टिएमएस सञ्चालनमा रहेको छ ।

यद्यपि,ब्रोकरहरुले आफ्नै टिमएमएस राख्ने वा नेप्सेको नयाँ टिएमएस प्रयोग गर्ने भनेर छनोट गर्ने सुविधा समेत प्रदान गरेको छ । तर हाल नेप्सेबाट निःशुल्क रुपमा पाइरहेको सफ्टवेयरको पनि यस व्यवस्था लागू भएपछि ३० दिनभित्र ब्रोकरले शुल्क तिर्नुपर्नेछ  ।

आफ्नै टीएमएस संलग्नका लागि ब्रोकर कम्पनीले अब नेप्सेको प्रणालीसँग जडान गर्न धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियमावलीको विनियम २१ (ग) बमोजिम विवरण खुलाई निवेदन दिनुपर्नेछ । नयाँ टिएमएस राख्ने ब्रोकर कम्पनीले कारोबार व्यवस्थापन प्रणाली सञ्चालन तथा मर्मत सम्भार गर्ने प्राविधिक कर्मचारी समेत राख्नुपर्नेछ ।

साथै, संशोधित विनियमावलीको विनियम २१ च को उप विनियम ७ मा कारोबार सदस्यले कारोबार व्यबस्थापन प्रणाली मार्फत ग्राहकलाई अनलाईन सेवा प्रदान गरेवापत प्रत्येक ग्राहकबाट वार्षिक बढीमा एकसय रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप