
थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित २ सय नाघे

नेपालमा थप ४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ३५८ जनामा गरिएको परीक्षणमा पीसीआर विधिबाट ३६ र एन्टिजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यसमध्ये सबैभन्दा बढी काठमाडौँ जिल्लामा १८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुरमा ३ जना सङ्क्रमित थपिएका छन् ।
यो अवधिमा थप २० जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८.८ प्रतिशत रहेको छ । पछिल्ला केही दिनमा कोरोना सङ्क्रमित बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर २ सय ८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ लाख २७ हजार ७९२ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ