शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वतन्त्र उम्मेदवारहरूको राष्ट्रिय भेला आह्वान

सोमबार, १३ असार २०७९, १६ : ५०
सोमबार, १३ असार २०७९

स्वतन्त्र उम्मेदवारहरूले आगामी असार १८ गते राष्ट्रिय भेलाको आयोजना गर्ने भएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै असार १७ र १८ गते हुने भनिएको स्वतन्त्र उम्मेदवारहरूको भेला असार १८ गते एक दिन हुने जानकारी दिइएको हो ।

भेलाको स्थान तय हुन भने बाँकी रहेको जानकारी दिइएको छ । स्वतन्त्र उम्मेदवारहरूले राष्ट्रिय भेलामा देशभरका स्वतन्त्र उम्मेदवारी दिने व्यक्तिहरुलाई उपस्थितिको लागि आह्वान गरेका छन् । राष्ट्रिय भेलालाई ‘संयुक्त बिशेष भेला’ को नाम दिने र उक्त ‘विशेष भेला’ले बृहत राष्ट्रिय भेलाको मिति र कार्यक्रम तोक्ने जनाइएको छ। 

पत्रकार सम्मेलनमा बोल्दै स्वतन्त्र अभियानकर्ता हरिशरण लामिछानेले नेपालको राजनीतिमा देखिएका कमी कमजोरी, चुनौति र विकृतिलाई चिरेर स्पष्ट सोच र दृष्टिकोण भएका गैरराजनीतिक व्यक्तिहरु राजनीतिमा प्रवेश गर्नु सुखद पक्ष भएको बताए । गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएका सुमन सायमीजस्तै व्यक्तिबाट आफू प्रभावित भएको सुनाए । 

त्यस्तै, अर्का स्वतन्त्र अभियानकर्ता दिनेश सुवेदीले निष्पक्ष,निडर जहिले पनि निर्भिक, सत्य र न्यायको पक्षमा लड्ने सहिलाई सही र गलतलाई गलत भन्ने देशभरीको जमातलाई स्वतन्त्रको रुपमा हेरिने बताए । उनले गत स्थानीय चुनावमा स्वतन्त्रको उम्मेदवारहरुको लहर नै चलेको दाबी  गरे । 

यसैगरी, अर्का स्वतन्त्र अभियानकर्ता सुमन सायमीले गत स्थानीय निकायमा अधिकारको लागि आवाज उठाउने क्रममा आफु स्वतन्त्रको उम्मेदवार भएको बताए  । उनले आफुले १३ हजार बढी सम्मान जनक मत पाएको सुनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप