आर्सनलले ४.५ करोड पाउन्डमा जिसुस भित्र्याउने
सोमबार, १३ असार २०७९, १६ : ४६
आर्सनल म्यान्चेस्टर सिटीका फरवार्ड ग्याब्रियल जिसुसलाई भित्र्याउन ४.५ करोड पाउन्ड तिर्न सहमत भएको छ । गोलडटकमका अनुसार क्लबले खेलाडीसँग पनि व्यक्तिगत सर्तहरूमा सम्झौता गरिसकेको छ ।
आर्सनलका म्यानेजर मिकेल आर्टेटाले जिसुसलाई आगामी सिजनका लागि नम्बर एक टार्गेट बनाएका थिए । अनुबन्धको विषयमा दुई क्लबबीच शुक्रबार सहमति भएको थियो भने क्लबले खेलाडीसँग आइतबार सम्झौता गरेको थियो ।
सन् २०१६–१७ सिजनमा सिटी भित्रिएका २५ वर्षीय जिसुसले प्रिमियर लिग क्लबका लागि ५८ गोल गर्नुका साथै २९ वटा एसिस्ट गरेका छन् । उनले यसक्रममा चारवटा प्रिमियर लिगको उपाधि जित्नुका साथै तीनवटा लिग कप र एउटा एफए कपको उपाधि पनि जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे