शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँपालिकाका कर्मचारीको लुटिएको भनिएको कार भेटियो

सोमबार, १३ असार २०७९, १६ : ३८
सोमबार, १३ असार २०७९

डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको भारतीयबाट लुटिएको भनिएको कार भेटिएको छ । कैलालीको गोदावरी नगरपालिका १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्रि सडकखण्डमा बेवारिसे अवस्थामा कार फेला परेको प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका ४ स्थित  गाईमारे भन्ने स्थानमा भण्डारीलाई कुटपिट  गर्दै कार लुटपाट भएको थियो ।  कञ्चनपुकोर भिमदत्त नगरपालिकाबाट डडेलधुराको आलितालतर्फ जाँदै गर्दा बेदकोट नगरपालिका ३ बस्ने भण्डारीले चलाएको कार लुटिएको थियो । 

उनले चलाईरहेको प्रदेश ०३–०१–०२३ च ८७२१ नम्बरको सिल्भर रंगको सुजुकी कारलाई सोही कारमा लिफ्ट मागेर चढेका ३ जनाले सोमबार बिहान लुटेका थिए । चालकलाई फोटो खिच्ने बाहानामा सडक देखि ५० मिटर तल लगी कुटपिट गरी हातखुट्टा बाँधेर सडकबाट तल फाली मोबाइल र पैसासहित कार लुटेर भागेका थिए । भण्डारीको पद्मा अस्पताल गोदावरीमा उपचार भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप