शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जी–७ राष्ट्रलाई जेलेन्सीको आग्रह : जाडो महिनाअघि नै रुससँगको युद्ध अन्त्य गर्न सहयोग गर्नुहोस्

सोमबार, १३ असार २०७९, १६ : ३६
सोमबार, १३ असार २०७९

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले जाडो महिना सुरु हुनु अघि नै रुससँगको युद्ध अन्त्य गर्न सहयोग गर्न जी–७ राष्ट्रहरूलाई अग्रता गरेका छन् । जेलेन्स्कीले सो मौसममा आफ्ना सैनिकलाई रुसविरुद्ध लड्न कठिन हुने बताउँदै यो वर्षको अन्त्यसम्ममा युद्ध अन्त्य गर्न आग्रह गरेको एएफपीले समाचारमा उल्लेख गरेको छ ।

जेलेन्सीकीले भर्चुअल रूपमा जर्मनीमा आयोजित जी–७ सम्मेलनलाई सम्बोधन गरेका थिए । उनले जी–७ राष्ट्रसँग हवाई सुरक्षा प्रणाली निर्माण, पुनर्निर्माण, खाद्यवस्तुको निर्यातलगायतका लागि सहायता मागेका थिए ।

उनले रुस विरुद्ध प्रतिबन्धहरूमा थप कडाइ गर्न पनि आग्रह गरेका थिए । एएफपीका अनुसार राष्ट्रपति जेलेन्स्कीले रुसमाथिको प्रतिबन्धलाई कम नगर्न आग्रह गर्दै यसलाई थप कडा बनाउनुपर्ने जिकिर गरेका थिए । जवाफमा जी–७ राष्ट्रका नेताहरूले रुसमाथि दबाब कायम राख्ने प्रतिबद्धता जनाएका थिए । बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप