शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नाटकीय शैलीमा लुटिएका कर्मचारीको बयान : सेल्फी खिचौँ भनेर यसरी लुटे (भिडियोसहित)

सोमबार, १३ असार २०७९, १६ : १२
सोमबार, १३ असार २०७९

कैलालीमा भारतीयबाट नाटकीय शैलीमा लुटिएका व्यक्तिको घाइते अवस्थामा प्रहरीले उद्धार गरेको छ । डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी सोमबार बिहान कार्यालय जाने क्रममा लुटिएका हुन् । 

 कैलाली गोदावरी नगरपालिका ४ गाईमारे नजिक जंगल रहेको डाँडामा उनी लुटिएका हुन् । जोगबुढास्थित कार्यालय जाँदै गर्दा बेदकोट नगरपालिका ३ बस्ने भण्डारीले चलाएको प्रदेश ३–०१–०२३ च ८७२१ नम्बरको कारलाई सोही कारमा लिफ्ट मागी गइरहेका नामथर खुल्न नआएका ३ जनाले कुटपिटसहित लुटपाट गरेका थिए । पीडितको बयानअनुसार उनीहरु भारतीय नागरिक हुन् । 

लुटेराहरूले उनको हातखुट्टा बाँधी सडकबाट तलतिर फाली कार, नगद र मोबाइल लुटेर भागेको प्रहरीले जनाएको छ।  घाइते अवस्थामा प्रहरीबाट उद्धार भएका पीडितको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ। 

लुटपाटमा परेका भण्डारीको बयानः

चमौनचौरदेखि अफिस जाने क्रममा बाटोमा  थिएँ । बाटोमा तीन जनाले फिफ्ट माग्यो । मैले हुन्छ भनेँ । सहयोग गर्न पुगेँ । उनीहरु बसे । गन्तव्यमा जाने क्रममा सेल्फी डाँडा पुगेपछि उनीहरुले सेल्फी खिचौँ भने । उनीहरुले फोटो खिचिदिनु पर्यो भनेर रिक्वेस्ट गरेर तल बोलाए । तल बोलाएर एक्कासी पहिला हातमा चक्कु हान्यो । मलाई ढलाएपछि ढुंगाले हान्दै हात बाँध्यो । खुट्टा पनि बाँध्यो । मुखपनि बाँधेर मलाई तल फालिदियो । 

उनीहरु भागेपनि विस्तारैकोल्टे परेर मैले बाँधिएको खुट्टा फुकालेँ । तर हात खोल्न सकिएन । विस्तारै २०–२५ मिनेट लगाएर म डाँडामा आएँ । त्यसपछि आइरहेको एम्बुलेन्सलाई मैले गुहारेँ । एम्बुलेन्सले रोकेन । तर उहाँले प्रहरी चौधरीमा खबर गर्नुभएको रहेनछ । आधि घण्टापछि पुलिस आउनुभयो । आएपछि सोधखोज गर्नुभयो । अनि म अहिले प्रहरीको सहयोगमा अस्पताल आएको छु । अहिले स्वास्थ्य ठीकै छ तर ढुंगाले समेत हानेकाले टाउको दुखिरहेको छ । 

उनीहरुले मेरो पर्स र मोबाइल लगे । मेरो गाडी पनि लगे । सुकुजी सेलोरियो जीप चाबी खासेरेर लगेका हुन् । उनीहरु अपरिचित हुन् । उनीहरुको बोलाइअनुसार भारतीय जस्तो थियो । राजस्थानी जस्तो लबज थियो । गाडीमा मसँग धेरै कुरा गरेनन् तर ठाउँहरुको बारेमा धेरै सोधे । उनीहरुले आपसमा स्थानीय भाषा । बोले मसँग चाहिँ हिन्दी बोलेका थिए ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप