बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव छैन : शंकर पोखरेल

सोमबार, १३ असार २०७९, १५ : ५२
सोमबार, १३ असार २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् ।  सोमबार नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले गठबन्धनको यात्राबाट समाजवादमा जान खोज्नुलाई संगति नै नमिलेको दावी गरे । 

‘यात्रा गठबन्धनको, उद्देश्य समाजवादको यो मिलेकै छैन । यहाँ भएका राजनीतिक दलहरु जो वामपन्थी आन्दोलनसँग जोडिएका छौ आफ्ना दस्तावेजहरूमा नेपाली काँग्रेसलाई समाजवादी पाटीका रुपमा स्वीकार गरेका छौ भने गठबन्धन र समाजवाद मिल्यो’, पोखरेलले भने, ‘स्वीकार गरेका छैनौ भने काँग्रेसको नेतृत्वमा गठबन्धनबाट समाजवादको कुरा मिल्दैन ।’  उनले गठबन्धन सत्ता प्राप्तिको उद्देश्यमा आधारित भएको भन्दै समाजवादका लागि होइन भन्ने कुरा कम्तिमा वामपन्थी आन्दोलनमा सहभागी नेताहरु सहमत भएमात्र समाजवादको विमर्शको अर्थ हुने बताए । 

‘अन्यथा यो विमर्श कार्यकर्ता अल्मल्याउने मेलो मात्र हो । यो राजनीतिक अभियान समाजवादका लागि होइन भन्ने स्पस्ट हुन्छ’, पोखरेलले भने, ‘नेपालमा समाजवादको निर्माण आर्थिक सामाजिक आधारमा हुन्छ ।’ उनले समाजवादतर्फको यात्राका लागि ५ वटा कुरामा सुधार गर्न सक्नुपर्ने बताए ।

त्यसका लागि हरेक नागरिकका लागि समान शिक्षा, स्वस्थ्य र सवल नागरिक, श्रमलाई आधुनिकीकरण गर्दै यन्त्र उपकरणको प्रयोग, पूँजी निर्माणको सामर्थ्य, उत्पादन शक्तिको विकास अनिवार्य रहेका बताए । उनले कम्युनिस्ट आन्दोलनले सर्वहारा वर्गलाई मुक्त गर्न एक पटकको श्रमजीवी सधैंभर श्रमजीवी हुन्छ भन्ने मान्यतालाई परिवर्तन गर्न जरुरी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप