नेप्सेमा पुनः २३ अंकको गिरावट, २ अर्बको कारोबार
दोस्रो दिन नेप्सेमा पुनः २३ अंक माथिको गिरावट आएको छ । अघिल्लो दिन ९४ अंक माथिले वृद्धि हुँदै १९५६ अंकमा उक्लिएको नेप्सेमा सोमबार पुनः २३ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यसदिन नेप्से सूचक २३.८५ अंकले घट्दै १९३३.१३ अंकमा झरेको छ । यस्तै, आज ‘क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७.०२ अंकले घट्दै ३७५.८२ अंकमा ओर्लिएको छ ।
तर, समग्रमा २३ अंक माथिले घटेको बजारमा आज २ अर्ब माथिको कारोबार भएको छ । यसदिन जीवन बीमा र इन्भेष्टमेन्ट समूह बाहेक अन्य समूहहरूको उपसूचक ऋणात्मक भएका छन् भने सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको उपसूचक ३.५१ प्रतिशतले घटेको छ ।
यस्तै हाइड्रोपावर समूहको उपसूचक आज २.७५ प्रतिशतले घट्न पुगेको छ । आज सीवाईसी लघुवित्त र न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले क्रमशः ९.९९ र ९.९६ प्रतिशतले कमाएका छन् भने उन्नत सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले अधिकतम १० प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ १५ मा हुने भनिएको प्रेस सेन्टरको महाधिवेशन सर्ने
-
निर्माण व्यवसायीद्वारा चरणबद्ध आन्दोलनको घोषणा
-
चिकित्सकले मृत घोषणा गरेका व्यक्तिले जब हात हल्लाए...
-
टाउकै माथि छ भूकम्पीय क्षतिको खतरा, तस्बिरमा हेर्नुहोस्
-
‘काठमाडौँ महानगरपालिकाले प्रदेश सरकारलाई राजश्वबाट उठेको ४० प्रतिशत रकम दिएन’
-
६ महिनापछि समाजवादी मोर्चाको बैठक आलोकनगरमा