बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोरङबाट ८ किलो गाँजासहित तीन जना पक्राउ

सोमबार, १३ असार २०७९, १५ : ४१
सोमबार, १३ असार २०७९

मोरङ प्रहरीले ८ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । आइतबार साँझ जिल्लाको सुन्दरहरैचा नगरपालिका–५ मा शंकास्पद रुपमा हिंडिरहेका तीन युवकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनीहरुको साथबाट ८ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ पर्नेमा धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका–८ का ३० वर्षीय सुरेन्द्र राई,२९ वर्षीय मिलन राई र २९ वर्षीय बाला राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थायी प्रहरी पोष्ट मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुले बोकेको जेब्रा झोलामा ८ किलो गाँजा फेला पारेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप