बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गणतन्त्र नै कमजोर अवस्थामा छ : उपेन्द्र यादव

‘जन्म र लिङ्गका आधारमा गरिने विभेद नहटेसम्म समाजवाद असम्भव’
सोमबार, १३ असार २०७९, १५ : ३१
सोमबार, १३ असार २०७९

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले जन्मका र लिङ्गका आधारमा विभेद रहेसम्म समाजवाद सम्भव नहुने बताएका छन् । सोमबार ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा उनले जन्म र लिङ्गका आधारमा हुने विभेदका अन्त्य नभएसम्म समाजवादको कल्पना समेत गर्न नसकिने बताए ।

‘यी विभेदहरु जवसम्म अन्त्य हुदैन तवसम्म समाजवादको कल्पना गर्न सकिदैन’, यादवले भने, ‘त्यसमा ध्यान दिनुपर्छ । यसमा विगतमा भएका असमानता सच्याउनुपर्छ । वर्गीय विभेद, जात र कल्चर डिस्क्रेप्सन समाजवादको बाधा हो ।’ उनले कम्युनिस्ट हुँदैमा पनि समाजवाद आउन सम्भव नहुने बताए ।  उनले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई उपलब्धिका रुपमा लिन सकिएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकिएको बताए । 

‘अहिले हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र नै कमजोर अवस्थामा छ । कुनबेला जाने हो की भन्ने खतरा हुन्छ । अस्ति त झण्डै गएको, बल्लबल्ल जोगाएको फेरि भोली के हुने हो ठेगान छैन’, उनले समाजवादको राजनीतिक, समाजिक, आर्थिक र पर्यावरणीय सेयर सवैले पाउनुपर्ने बताए । उनले समाजवादका लागि गरिवी र बेरोजगारीको अन्त्य हुन जरुरी भएको पनि बताए । ‘संविधानमा समाजवाद लेखेर हुदैन’, यादवले भने विभेदहरुको अन्त्य गर्दै कृषि, उद्योगलाई विकास गर्दै अघि बढ्ने हो भने समाजवादको दिशामा अघि बढ्न सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप