प्रदेश र संघको निर्वाचनमा पाँच दलीय गठबन्धनको विकल्प छैन :अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धनको विकल्प नभएको बताएका छन् । ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया तथा विचार संगोष्ठीमा उनले पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता भएको बताए ।
‘पाँच दलीय गठबन्धनले यसलाई जोगाउनुपर्छ । पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता हो,’ उनी भन्छन्, ‘प्रदेश र संघको निर्वाचनमा मिलेर जानुको विकल्प छैन ।’ बाम गठबन्धनको कुरा राम्रो भएपनि त्यो सम्भव नभएको उनको भनाइ छ । ‘केही साथीहरुले बाम गठबन्धनको कुरा पनि गर्नुभएको छ । २०७४ मा गरिएकै हो नि । राम्रै भएको थियो । जोगाउने काम भएन । कम्युनिस्ट भन्नेहरुबाटै व्यवस्था नै भत्काउने गरी काम भयो । त्यसैले अहिले नै बाम गठबन्धन सम्भव देखिँदैन,’ उनले भने ।
अहिलेको व्यवस्था जोगाएर जानुपर्ने भन्दै जनवादी गणतन्त्र ल्याउन सम्भव नभएको उनले बताए । उनले भने, ‘गणतन्त्र र संविधानलाई जोगाउनुपर्छ । गणतन्त्र र धर्मनिरपेक्षता हटाउनका लागि षड्यन्त्र भइरहेको छ ।’
युवाहरु सबै विदेश गएको भन्दै नेपाल वृद्ध आश्रम बनेको उनको भनाइ छ । यस्तै विदेशबाट खाद्यान र तरकारी ल्याएर समाजवाद नआउने केसीले बताए । भ्रष्टचारको विरुद्धमा जानुपर्ने भन्दै आफ्नै पार्टीका नेताले भ्रष्टचार गरेपनि छोड्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’