बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीको जलस्रोत तथा उर्जा विकास मन्त्रालयको ठुला आयोजनामा ध्यान

सोमबार, १३ असार २०७९, १४ : ५१
सोमबार, १३ असार २०७९

कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले तीन ठुला आयोजना जोड दिएको छ । साना आयोजना भन्दा पनि प्रतिफल राम्रो देखिने ठाउँमा लगानी गर्नुपर्ने उद्देश्यका साथ निर्मम भएर ठुला आयोजनातिर ध्यान केन्द्रीत गरेको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए ।

केन्द्रीय विद्युत नपुगेका हिमाली जिल्लामा सौर्य मिनिग्रेटमा लगानी गरि त्यहाँ विद्युतीकरण गर्ने अभियान सुरु भएको उनले बताए । मुगु , हुम्ला र डोल्पामा सौर्य मिनिग्रेट स्थापना कार्य सुरु भएको छ । त्यस्तै अन्य जिल्लाका विद्युत नपुगेको ठाउँमा सौर्य मिनिग्रेट स्थापना गरि गाउँ ,गाउँमा विद्युतीकरण गर्ने काम सुरु भएको उनले बताए । 

ग्रामिण विद्युतीकरण अन्तर्गत विद्युत प्रशारण लाइन पुगेका ७  जिल्लाका गाउँगाउँमा विद्युत पुर्‍याई जनताले महसुस गर्नेगरी काम गर्नका लागि समेत बजेट खर्च गरिन लागिएको हो । त्यस्तै १० जिल्लामा कर्णाली उज्यालो कार्यक्रमबाट थप ठाउँमा विद्युत पुर्‍याइरहेको भन्दै यसलाई थप व्यवस्थित गरी बन्द भएका साना लघु जलविद्युतलाई सुचारु गर्न सक्रियताका साथ काम सुरु भएको मन्त्रालयले जनाएको छ  । २० मेगावाटसम्मका विद्युत आयोजनाहरु पहिचान गरी विस्तृत सम्भाव्यता अध्ययन गर्ने, डिपिआर तयार भएका आयोजनाहरुलाई निर्माण कार्यमा लिनका लागि समेत बजेट बिनियोजन गरिएको छ । तिला र जोवा नदीमा जलविद्युत परियोजना अध्ययन तथा निर्माणका लागि समेत बजेट बिनियोजन गरिएको मन्त्री सिंहले बताए । 

१०७ मेगावाट उत्पादन क्षमता रहेको जगदुल्ला जलविद्युत आयोजना डोल्पा , रारा जलविद्युत आयोजना दैलेख  र ताक्सुगाड जलविद्युत आयोजना जाजरकोटलाई समेत जलस्रोत तथा उर्जा विकास मन्त्रालयले बजेट बिनियोजन गरि काम सुरु गर्नका लागि ८७ करोड ६० लाख रुपैयाँ खर्च गर्न लागेको छ । कर्णाली जनता सिंचाइ कार्यक्रम, सिंचाइ संरचना निर्माण र टार सिंचाइ कार्यक्रम र सिंचाइ पूर्वाधार आवधिक तथा नियमितलाई ५६ करोड रुपैयाँ लगानी गरी काम सुरु गर्न लागिएको छ  । 

प्रदेशमा प्रयोगशाला नहुँदा समस्य भइरहेको भन्दै निर्माण सामग्री परीक्षण प्रयोगशाला, प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशालाको स्थापना तथा सञ्चालनका साथै मोबाइल भ्यान खरिदका काम सुरु भएको मन्त्रालयले जनाएको छ ।  
 प्रदेश राजधानी सुर्खेतमा खानेपानीलगायतका विविध कार्यक्रमलाई मुख्य रुपमा ध्यान दिइएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप