बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बुधबार विप्लव समूहका ओम पुनसहित चार केन्द्रीय सदस्य माओवादी प्रवेश गर्ने

सोमबार, १३ असार २०७९, १४ : ३८
सोमबार, १३ असार २०७९

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट अलग भएका ओमप्रकाश पुनसहितका चार केन्द्रीय सदस्य आगामी बुधबार (असार १५ गते) नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमका बीच पार्टी प्रवेश गराउने प्रचण्डको सचिवालयले जनाएको छ ।

‘ओमप्रकाश पुनसहित चार केन्द्रीय सदस्य माओवादी केन्द्र प्रवेश गर्ने भएपछि उहाँहरु अरु नेतालाई एकतामा ल्याउन गृहकार्य गरी जारी राख्नुभएको छ’ प्रचण्डको सचिवालय स्रोतले भन्यो,‘ उहाँ (पुनसहित) सहित चार केन्द्रीय सदस्य बुधबार पार्टी प्रवेश गर्ने फिक्स भयो । समय निर्धारण हुन मात्रै बाँकी छ ।’

गत असार ९ गते पुनसहित केन्द्रीय सदस्य शंकरबहादुर खड्का, दलबहादुर धामी र रमेश परियार छन् । गत वैशाख विप्लव समूहबाट धर्मेन्द्र बास्तोला हेमन्तप्रकाश ओली सहित नेता कार्यकर्ताले छोडेका थिए । उनीहरुले विप्लव समूह छोडेर नेकपा बहुमत गठन गरेका छन् । एकपछि अर्को गर्दै विप्लव समूहबाट नेता कार्यकर्ता छोड्दै गएपछि उनी एक्लिँदै गएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप