नवनियुक्त स्वास्थ्य मन्त्री खापुङद्वारा पदभार ग्रहण
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले पदभार ग्रहण गरेका छन् । सोमबार रामशाह पथस्थित स्वास्थ्य मन्त्रालयमा मन्त्री खापुङले पदभार ग्रहण गरेका हुन् । यसअघि स्वास्थ्यराज्य मन्त्री रहिसकेका नवनियुक्त मन्त्री खापुङले पदभार ग्रहण गर्दै दूर दराजमा सामान्य रोगको उपचार नपाएर, रोग पत्ता नलागेका र स्वास्थ्य संस्था नपुगेका रोगीको रोग पत्ता लगाउनका लागि स्वास्थ्य शिविरको व्यवस्था गरिने नवनियुक्त मन्त्री खापुङले बताए ।
यस्तै, मन्त्री खापुङले ग्लोबल फण्डको कार्यक्रम सरकार आफैँले सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने फाइलमा हस्ताक्षर समेत गरेका छन् । सन २०२४ देखि ग्लोबल फण्डको कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव सो फाइलमा उल्लेख गरिएको छ । निवर्तमान स्वास्थ्य मन्त्री विरोध खतिवडाले पूर्व राज्यमन्त्री खापुङलाई जिम्मेवारी सुम्पिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु
-
संसद्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
-
गृहमन्त्री लामिछानेलाई रोष्टममा जान कांग्रेसको अवरोध
-
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक
-
जेठ १ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित