अब ज्ञानेन्द्र शाह खानपिनमा रमाउँदा राम्रो हुन्छ : महामन्त्री बर्तौला
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाह खानपिन र नाचगानमा शौखिन भएकाले त्यसमै रमाउँदा राम्रो हुने टिप्पणी गरे ।
‘व्यापार व्यवसाय, नाचगान र खानपिनमा बढी शौख भएको राजा हुनुहुन्छ, त्यसमा नै रमाउँदा राम्रो हुन्छ’, सोमबार बाँकेको नेपालगन्जमा पार्टीका अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै बर्तौलाले भने, ‘राजसंस्थाप्रति सम्मान छ । विरोध आलोचना गर्नु छैन । तर आफ्नो मान मनितोमा त बस्नु पर्यो नि ।’
उनले निर्मल निवासको हवाला दिएर राप्रपा नेपाल र नेतृत्वलाई कमजोर बनाउने खेलमा केही शक्ति र व्यक्तिहरु अझै योजनाबद्ध रुपमा लागिरहेको आरोप लगाए । साझा र अभिभावक बन्ने स्वभाव तथा चरित्र नभएकाले पूर्वराजा शाहको पुनरागमनको कुनै सम्भावना नभएको उनले बताए ।
राजतन्त्रको एजेण्डा छाडेको राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढङ्गबाट उदाउने दाबी गर्दै उनले राप्रपा नेपालको गतिलाई रोक्ने दुस्साहस नगर्न आग्रह गरे । कार्यक्रममा सहमहामन्त्री हिक्मत ढकालले संगठन निर्माणलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा केन्द्रीय सदस्यहरु आशा धिमाल, मोहम्मद इराकी, बिनोद केसी, पुरु दाहाल, जिल्ला अध्यक्ष दिपेन्द्र सिंह लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी