बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जुन पार्टीमा विचार भुत्ते हुन्छ त्यस्तो पार्टीले केही गर्दैन : माधव नेपाल

सोमबार, १३ असार २०७९, १३ : २८
सोमबार, १३ असार २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार भुत्ते भएको पार्टीले केही गर्न नसक्ने ठोकुवा गरे । पार्टीको केन्द्रीय परिषद्को बैठकको उद्घाटन गर्दै नेपालले विचार शून्य भएको पार्टीका नेता कार्यकर्ताले समेत केही गर्न नसक्ने बताए ।

‘जुन पार्टीमा विचार हुँदैन, विचार भुत्ते भएको पार्टीले केही गर्न सक्दैन । विचार शून्य भएको कार्यकर्ताले केही गर्न सक्दैन’ नेपालले भने, ‘सर्वहारा क्रान्तिकारी दृष्टिकोण राखेर मार्क्सवादी दृष्टिकोण बोकेर जानु पर्छ । मित्र र दुस्मनलाई चिन्न सक्नुपर्छ ।’ 

अहिले दलाल पुँजीवाद हरेक क्षेत्रमा हावी हुँदै गएको नेपालले टिप्पणी गरे । ‘दलाल पूँजीवादसँगको लडाई प्रधान अन्तरविरोध हो । नेपालको अर्थतन्त्र र राजनीतिमा यिनै दलाल शक्तिहरु हावी छन् । राजनीतिक दलका पार्टीहरूलाई यिनै दलालहरूले प्रभावित पारेका छन्’ नेपालले भने, ‘भ्रष्टाचार व्यापक मात्रामा मौलाएको छ । त्यो विभिन्न पार्टीमा बढ्दै जाँदा हाम्रो पंक्तिमा पनि बढ्दै गएको छ ।’

यस्तै निर्वाचनमा पैसा बाहेक नदेख्ने प्रवृत्ति बढ्दै गएको नेपालले बताए । ‘निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेछ । पैसा मात्रै ठान्ने त्यसकै लागि मरिहत्ते गर्ने प्रवृत्ति छ । त्यसमा कसरी संघर्ष गर्ने त्यसमा ध्यान दिनुपर्नेछ ।’ पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको भन्दै नेपालले हामी भन्ने प्रवृत्तिका विकास गर्दै जानुपर्ने बताए । सामूहिक भावनाले मात्रै राम्रो र व्यवस्थित पार्टी बनाउन सकिने नेपालको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप