
सप्तरीमा चोरी मुद्दामा फरार तीनजना आरोपी पक्राउ

प्रहरीले चोरीको मुद्दामा फरार तीनजना आरोपीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा साविक तेर्हौता गाविस वडा नम्बर ६ बस्ने २६ वर्षीय राजकुमार चौधरी, गोविन्द चौधरी र दिलीप सदालाई पक्राउ गरेको हो।
३ फागुन ०७० मा ना ४ ख ९१०४ नम्बरको ट्रक तेरहौता गाविस–६ मा अनियन्त्रित भई पल्टिँदा ट्रकमा लोड भएको प्लाइउड चोरी गरेको आरोपमा सप्तरी जिल्ला अदालतको १७ कात्तिक ०७१ को फैसलाको आधारमा उनीहरू पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।
गाउँघरमै लुकिछिपी बसेको बेला गोप्य सूचनाको आधारमा घरबाटै पक्राउ गरी फेला पारी पक्राउ गरी सप्तरी जिल्ला अदालतमा तीनैजनालाई हाजिरी गराई जनही ४४ सय आठ रुपैयाँ जरिवाना तिराई एक महिनाका लागि कारागार चलान गरेको छ।
सोमबार गाली बेइज्जती मुद्दाका अन्य चारजना फरार प्रतिवादीहरुसमेत पक्राउ गरी फैसला कार्यान्वयनका लागि सप्तरी जिल्ला अदालतमा हाजिर गराएको प्रहरी प्रवक्ता काफ्लेको भनाइ छ।
विभिन्न आरोपमा फरार रहेका आरोपीमध्ये चालू आव २०७८०७९ साउनदेखि हालसम्म तीन सय ६८ जना प्रतिवादी पक्राउ गरी अदालतमा हाजिर गराइसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ