सिटिजन्स बैंक इन्टरनेसनलको शाखारहित बैंकिङ सेवा रुकुममा
सोमबार, १३ असार २०७९, १२ : ५८
सिटिजन्स बैंक इन्टरनेसनलले रुकुम पूर्वको भुमे गाउँपालिका ९ चुनवाङ ९६ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी भिम प्रसाद पुनलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
सो शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखनीय विश्वास एवं बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।