शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय परिषद् बैठकमा रामकुमारी झाँक्री पुगिन्, पद गएका अन्य नेता अझै पुगेनन्

सोमबार, १३ असार २०७९, १२ : ५३
सोमबार, १३ असार २०७९

नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय परिषद् बैठकमा मन्त्री पद गुमाएकी रामकुमारी झाँक्री पुगेकी छन् । तर, पद गएका अन्य नेताहरु प्रेम आले, किसन श्रेष्ठ र विरोध खतिवडा अझै बैठक स्थलमा पुगेका छैनन् ।  प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठकमा अध्यक्ष माधव नेपालले सम्बोधन थालिसक्दा उनीहरु बैठकस्थल नपुगेका हुन् । उनीहरुले मन्त्री पद जाने भएपनि चर्को लबिङ गरेपनि पद भने जोगाउन सकेका थिएनन् । समाजवादीका ४ मन्त्री र एक राज्यमन्त्रीको आजै शपथ भइसकेको छ । 

पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा छलफल गर्न समाजवादीको बैठक आज बसिरहेको हो ।  बैठकमा पार्टीका महासचिव डा.वेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ ।  

प्रतिवेदनमा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणका साथै कम्युनिष्ट आन्दोलनमा देखापरेका समस्या र आगामी कार्यदिशाबारे उल्लेख छ । बैठकमा सहभागीहरुले डा.वेदुराम भुसालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्नेछन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप