मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक

सोमबार, १३ असार २०७९, १२ : ५०
सोमबार, १३ असार २०७९

नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक सुरु भएको छ । काठमाडौँको प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठकमा देशभरबाट करिब १५ सय जना सहभागी हुने एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले बताए । 

 बैठकमा पार्टीको देशभर भएका साङ्गठानिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित एजेन्डामाथि छलफल हुने छ । महासचिव डा बेदुराम भुसालका अनुसार हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमाथि पनि छलफल गरिनेछ । भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप