शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक सुरु

सोमबार, १३ असार २०७९, १२ : ४६
सोमबार, १३ असार २०७९

नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय परिषद् बैठक सुरु भएको छ ।  प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठकमा पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा छलफल हुनेछ । 

बैठकमा पार्टीका महासचिव डा. वेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ ।   प्रतिवेदनमा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणका साथै कम्युनिष्ट आन्दोलनमा देखापरेका समस्या र आगामी कार्यदिशाबारे उल्लेख छ । बैठकमा सहभागीहरुले डा. वेदुराम भुसालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्नेछन्  ।
सो अघि अध्यक्ष माधव नेपालले सम्बोधन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप