
स्पोर्टस् बाइक हुँ, चार सयको स्पीडमा दौडन्छु : मन्त्री चौधरी
नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले आफ्नो कामको गति सुस्त नहुने बताएका छन् । सोमबार राष्ट्रपतिबाट सपथ लिए लगत्तै सिंहदरबार पुगेर पदबहाली गरेका मन्त्री चौधरीले होण्डा र स्पोर्टस् मोटरसाइकलको गति एउटै नहुने भन्दै आफ्नो कामको गति पनि सबैभन्दा स्पीडमा हुने दाबी गरेका हुन् ।
‘म सबैभन्दा बढीको स्पीड थ्री हण्ड्रेड, फोर हण्ड्रेडको स्पीडमा हिँड्छु’, मन्त्री चौधरीको भनाइ छ । उनले यसअघिका मन्त्रीले सुरु गरेका कामहरूलाई निरन्तरता दिने आफ्नो योजना रहेको पनि सुनाए । ‘हाम्रो स्टार्टिङ प्वाइन्ट जिरोबाट सुरु हुँदैन । यसअघिका मन्त्रीले गरेका काम ८० प्रतिशत कम्प्लिट भएका छन् भने बाँकी रहेका कामबाटै म काम सुरु गर्छु र १०० मा पुर्याउँछु’, मन्त्री चौधरीको भनाइ छ । उनले आफू मन्त्रीको पदमा रहेसम्म योग्यता, क्षमता, दृष्टिकोणले भ्याएसम्म इमानदार भएर काम गर्ने भन्दै कुर्सीको दुरुपयोग नगर्ने बताए ।
‘म यो कुर्सीको दुरुपयोग गर्दिनँ । हामी थोरै समयका लागि यो ठाउँमा आएका छौँ र धेरै गर्नुपर्नेछ’, उनले भने, ‘६ महिनाको अवधिमा आफ्नो स्पीडमा इमानदारिताका साथ सरकारको पोलिसीसँग नबाझिने गरी कार्यसम्पादन गर्छु ।’
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ